ग्यास सिलिन्डर बिस्फोट हुँदा सांसद चन्द्र भण्डारी र आमा घाइते
काठमाडौं- ग्यास सिलिन्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी र उहाँकी आमा गम्भिर घाइते हुनुभएको भण्डारीको सचिवालयले जनाएको छ ।
सचिवालयकाअनुसार गुल्मी निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
डाक्टरहरुका अनुसार माननीय डा. चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उहाँकी आमाको ७० प्रतिशतको हाराहारी शरीरको भागमा असर गरेको भण्डारीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्