रेसुङ्गामा वातावरण मैत्री डोको वितरण

गुल्मी- गुल्मेली अधिकृत समाजले रेसुङ्गा संरक्षण समितिलाई वातावरण मैत्री डोको वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बिच अधिकृत समाजबाट ५० वटा डोको रेसुङ्गा संरक्षण समितिलाई हस्तान्तरण गरिएको हो ।

रेसुङ्गा क्षेत्रमा सफा र स्वाच्छ राख्न सहयोग पुग्ने उदेश्यले डोको वितरण गरेको गुल्मेली अधिकृत समाजका अध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिव शंकरप्रसाद खरेलले बताउनुभयो । पछिल्लो समय विभिन्न किसिमका फोहोरले गर्दा वातावरणमा नकारात्मक असरहरु देखा परेको उहाँले बताउनुभयो ।

दिगो विकासको महत्वपूर्ण पाटो भनेको वातावरण संरक्षण भएको हुँदा त्यसको संरक्षणमा लागि परेको खरेलले बताउनुभयो । कार्यक्रमका लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले आफु पहिले देखी अहिले सम्म निरन्तर रुपमा रेसुङ्गा क्षेत्रको विकासको निम्ती काम गरेको बताउनुभयो ।

रेसुङ्गा क्षेत्रको सिडी निर्माण देखी गर्जुरामा पार्क निर्माण सम्म रेसुङ्गाको पर्यटकीय विकासमा काम गरेको बताउनुभयो । उहाँले रेसुङ्गाको भ्रमण गर्दा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यस क्षेत्रको बारेमा प्रशंसा गर्दा धेरै खुशी लागेको भुसालले बताउनुभयो ।

रेसुङ्गा धार्मिक र पर्यटकीय हिसावले धेरै महत्व भएको ठाउँ हुँदा यसको विकासको निम्ती सबै लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकल बताउनुभयो । यहाँको वातावरण सफा र स्वाच्छ राख्नुपर्छ भन्ने उदेश्यले पवित्र काम गुल्मेली अधिकृत समाजले गरेको प्रति रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले धन्यवाद दिनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, गुल्मेली अधिकृत समाजका उपाध्यक्ष दामोदर भणडरी, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसाल लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.