पोखरीमा माछा चोर्न गएका दुई युवकको करेन्ट लागेर मृत्यु

चितवन– चितवन एक पोखरीमा माछा चोर्न गएका दुई युवकको करेन्ट लागेर मृत्यु भएको छ।

भरतपुर–८ सल्यानी टोलमा रहेको माछा पोखरीमा माछा चोर्न गएका युवाहरूको करेन्ट लागेर मृत्यु भएको प्रहरीका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार चुडामणी शर्मासहितका चार जनाले सञ्चालन गर्दै आएको पोखरीमा माछा चोर्न गएका नवराज दराई र वीरबहादुर रानामगरको करेन्ट लागेर मृत्यु भएको हो।
उनीहरूको साथमा माछा मार्न प्रयोग हुने जाली पनि भेटिएको उहाले बताउनुभयो । मृतकको हातमा विद्युत् तार समेत जोडिएको अवस्थामा भेटिएको थापाले बताउनु भयो । उनीहरू दुवैको उमेर करिब ३५ वर्ष छ।

माछा चोरी हुनेक्रम बढेपछि सञ्चालकले विद्युतीय तार लगाएर रातको समयमा करेन्ट छाड्ने गरेको भेटिएको थापाले बताउनु भयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.