शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
काठमाडौँ- शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडाैँले प्रकरणमा सम्लग्न १६ जना आरोपितलाई थुनामै राखेर अनुसन्धानमा अघि बढाउन आदेश दिएको छ ।
दुई साता लामो थुनछेक बहसपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई जनालाई धरौटीमा छाड्न र बाँकी १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकाे हाे।
अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत बाँकी १६ जनालाई अनुसन्धानका लागि केन्द्रीय कारागार सुन्धारा पठाउन आदेश दिएको छ ।
यस्तै आरोपित टंककुमार गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख धरौटीमा छाड्न अदालतले भनेको छ ।
घटनामा सलग्न १८ जनामाथि २१ जेठदेखि सुरु भएको बहस आजै सकिएसँग अदालतले यस्तो आदेश गरेको हो ।।
प्रतिक्रिया राख्नुहोस्