आइसिसी विश्वकप क्रिकेटका छनोट खेलहरु आजदेखि, पहिलो खेल नेपाल र जिम्वाबेबीच हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको आयोजनामा आजबाट आइसिसी विश्वकप क्रिकेटको छनोट चरणका खेलहरु हुँदैछन् ।

जिम्वाबेको राजधानी हरारेमा हुन गइरहेको प्रतियोगितामा नेपालले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त राष्ट्रको रुपमा सहभागिता जनाउँदै छ । यसअघी नेपालले एक पटक छनोट खेल खेलेको भएपनि त्यसलाई आइसीसीले एकदिवसीय मान्यता दिएको थिएन ।

छनोट प्रतियोगितामा आफ्नो पहिलो खेलमा आज नेपालले टेस्ट मान्यता प्राप्त आयोजक जिम्वाबे विरुद्ध खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेल यहि असार ५ गते अमेरिकासँग खेल्नेछ भने असारकै ७ गते वेष्ट इन्डिज विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी छनोट अन्तरत नै नेपालले यहि असार ९ गते नेदरल्याण्डस विरुद्ध खेल्नेछ । सबै खेलहरु नेपाली समय अनुसार अपरान्ह पौने १ बजे शुरु हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल सहित आयोजक जिम्बावे नेदरल्यान्ड्स, अमेरिका, र वेस्टइन्डिज छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् । हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् ।

जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । विश्वकप क्रिकेट यसै वर्षको अक्टोबर नोभेम्बरमा भारतमा आयोजना हुदैछ ।

यसैबीचमा नेपाल क्रिकेट संघ क्यानले विश्वकप खेल्ने लक्ष्य लिएर रोहित पौडेलको कप्तानीमा जिम्वाबे पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यहि लक्ष्य अनुरुप तयारी गरिरहेको भन्दै टोलीको हौशला बढाउन र शुभकामना दिन सबै क्रिकेटप्रेमीहरुमा अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.