मुग्लिङ-नागरायणढ सडक : नयाँ नयाँ ठाउँमा पहिरो, यात्रुलाई हैरानी

चितवन- नारायणगढ-मुग्लिङ सडकखण्ड पटक पटक लामो समय बन्द हुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।

बिहीबार बन्द भएर शुक्रवार साँझ खुलेको सडक गए राति करिब ११ बजेदेखि बन्द हुँदा जाममा धेरै बेर बस्नु पर्दा दुख भएको यात्रुहरुले बताएका छन् ।

सडक लामो समय देखि बन्द भए पछि यात्रुहरु मुग्लिङ पारीको आबुखैरहनी गाउँपालिका तिरबाट जोखिम मोलेर भिरको बाटो हुँदै गन्तब्य तर्फ हिँडेका थिए ।

करिब ६ किलोमिटर हिडेर नारायणगढ मुग्लिङ सडकको ५ किलो भन्ने स्थानमा कतिपय यात्रुहरु आएका थिए ।

नारायणगढ- मुग्लिङ सडक खण्डको तुइन खोलामा पुन: पहिरो झर्दा १५ घण्टा भन्दा बढी बन्द भएको थियो । उक्त स्थानमा बिहानदेखि ४ वटा मेसिनले पहिरो हटाउने काम भएको थियो । अहिले साँझ ६ बजेबाट एकतर्फी रुपमा सडक संचालनमा आएको छ ।

उक्त सडक बिहीवार बन्द हुँदा करिब २८ घण्टा पछि शुक्रबार खुलेको थियो । सडक बन्द हुँदा मुग्लिङ- दाशढुंगा- जुगेडी- रामनगर- नारायणगढमा यातायात र यात्रुहरु अलपत्रमा परेका थिए ।

नारायणगढ- मुग्लिङ सडक खण्डमा २० स्थानमा पहिरो नियन्त्रण गरिए पनि हाल नयाँ नयाँ स्थानमा पहिरो जाने गरेको सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर सागर कार्कीले बताउनु भयो ।

पहिरो धेरै ठुलो भएको कारण पहिरो हटाउन समय लागेको उहाँले बताउनु भयो । हिजो राति ११ बजे देखि बन्द भएको सडक अहिले ६ बजेदेखि खुलेको डिभिजन सडक कार्यालयका ईन्जिनियर सागर कार्कीले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.