नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं- नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै छ । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आह्वान गर्नु भएको हो ।
बेठक देउवा निवासमा दिउँसो २ बजे बस्ने छ । देउवाले पदाधिकारीसित छलफल गरेपछि भोलि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग फेरि छलफल गर्ने तयारी गरेको पनि बताइएको छ ।
गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको हो ।






प्रतिक्रिया राख्नुहोस्