शिक्षक आन्दोलन : वार्ता पनि विरोध पनि सँगसँगै

काठमाडौँको ट्राफिक व्यवस्था भने अस्तव्यस्त

काठमाडौँ- विद्यालय शिक्षा विधेयकको विरुद्दमा शिक्षकहरुले आज पनि काठमाडौँमा विरोध प्रदर्शन जारी राखेका छन ।

संसदमा पेश भएको शिक्षा विधेयक शिक्षकहरुको विरुद्द भएको भन्दै नेपाल शिक्षक महासंघले आज तेश्रो दिन पनि आन्दोलन जारी राखेको हो ।

आन्दोलनका कारण आज पनि काठमाडौँको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ।

सरकारले आजै शिक्षकको आन्दोलन टुंगिने गरी वार्ता गर्ने तयारी गरेको छ । तर विहान सरकारका प्रतिनिधिसँग भएको वार्ता विफल भएपछि आजैं वेलुकीको लागि वार्ता गर्ने कार्यक्रम तय भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.