पुरुष क्रिकेटमा नेपालले क्वाटरफाइनलमा भारतसित खेल्ने

काठमाडौँ- उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भारतसित खेल्ने भएको छ ।
नेपालले टि–२० क्रिकेटमा पहिलो पटक भारतसित खेल्न लागेको हो ।
क्वाटरफाइनलमा नेपाल र भारतबीच भोलि (मङ्गलबार) बिहान प्रतिस्पर्धा हुने भएको छ ।
अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एशिया कपमा भारतसँग खेलेको थियो ।
एकदिवसीय एशिया कपमा श्रीलङ्कामा नेपालले भारतससँग खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.