सुन्तलाको उचित मुल्यको बजारीकरणकालागि पाल्पामा सुन्तला महोत्सव हुने
पाल्पा- पश्चिम पाल्पामा सुन्तला गाउँले परिचित रिब्दीकोट गाउँपालिका ७ पालुङमैनादीमा जिल्लामै पहिलो पटक सुन्तला महोत्सव हुने भएको छ ।
सुन्तलाको विविधिकरण गरि उचित मुल्य सहितको बजारीकरणको लागि आगामी मंसिर १६ गते एक दिने सुन्तला महोत्सव गर्न लागिएको महोत्सव मुल आयोजक समितिका संयोजक एवं वडा अध्यक्ष दानबहादुर कुँवारले बताउनुभयो ।
महोत्सवका लागी ५० देखि ६० वटा सम्म स्टल रहने आयोजकले जानकारी दिएका छन । गत वर्ष यही गाउँबाट मात्रै वार्षिक १ करोड ८० लाख रुपैयाँ रकम बराबरको सुन्तलाको कारोबार भएको थियो । यस वर्ष यो रकम बढी करिब २ करोड १० लाख रुपैया सम्मको हुने अनुमान गरिएको छ । महोत्सवलाई सफल बनाउन कृषि तथा फलफूलसँग सम्बन्धीत निकाय सुन्तला तथा फलफुल विकास केन्द्र , कृषि ज्ञान केन्द्र , प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना जोन पाल्पा र हेफर प्रोजेक्ट नेपालले पनि सहकार्य गरेका छन् ।महोसत्व हुन मैनादी गाउँमा मात्रै करिब २ सय घरधुरीले कृषि पेशा अन्तरगत नगदेबालीका रुपमा सुन्तला खेतीलाई मुख्य आम्दानीका रुपमा खेती गर्दै आएका छन । महोत्सवको सञ्चालन र व्यवस्थापनका निम्ती रिब्दीकोट गाउँपालिका वडा नम्बर ७ को कार्यालयले १ लाख ५० हजार बजेट समेत विनियोजन गरेको छ ।
सुन्तला बोटमै खरिद गर्नेहरुका लागी किसानले ६५ र ७० प्रति केजीमा उपलब्ध गराउँनेछन भने बजारमा लगेर बिक्रीका लागी ८०र १०० प्रति केजीमा दिने भएको छ । यस ठाउको सुन्तला बिशेष गरी देशका विभिन्न शहरहरु भैरहवा, पोखरा, बुटवल, पाल्पा, काठमाडौं र जनकपुर खपत हुने गर्छ ।
रिब्दीकोट – ७ पालुङ्ग मैनादी पछिल्लो समय सुन्तला, टमाटर खेती र पशुपालन व्यवसायसंगै कृषिको पकेट क्षेत्रका रुपमा परिचित हुँदै गएको छ । मैनादीका समाजसेवी लोकबहादुर कुँवरले ४४ वर्ष अघि व्यावसायिक रुपमा सुन्तला खेतीको सुरुवात गर्नुभएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्