नेपाल सुपर लिग एनएसएल फुटबलको दोस्रो संस्करण भोलिदेखि शुरु हुँदै

नेपाल सुपर लिग एनएसएल फुटबलको दोस्रो संस्करण भोलिदेखि काठमाडौमा शुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजकले जानकारी दिइएको छ ।  दशरथ रंगशालामा हुने प्रतियोगिताका खेलहरुमा सबै टोलीले एक अर्काविरुद्ध खेलेपछि शीर्ष दुई टोलीले क्वालिफायर र तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्ने छन् ।

लिगमा देशका नौ टोलीको सहभागिता रहनेछ । दोस्रो संस्करणको नेपाल सुपर लिग फ्रेञ्चाइज फुटबल प्रतियोगिताको एक महिना सम्म चल्नेछ । एनएसएलमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची सहभागी हुनेछन्।

सबै टिमले लिग चरणमा एकआपसमा खेलेपछि चार टिम प्लेअफमा पुग्नेछन । २०७७ सालमा भएको पहिलो सस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.