रुरु क्षेत्रधाममा निकालियो भगवान ऋषिकेशको रथ यात्रा  

पाल्पा – नेपालको चार धाम मध्येको एक धामको रुपमा परिचित रुरु क्षेत्रमा अवस्थित भगवान ऋषिकेशको रथ यात्रा निकाली रुरु क्षेत्र परिक्रमा गरिएको छ ।

पाल्पाली राजा मणिमुकुन्द सेनले वि.. १५७५ मा बनाएको यस मन्दिरमा हरिबोदनी एकादशीको भोलि पल्ट रथ यात्रा निकालिने परम्परा चलिआएको छ । भगवान नारायणको रुपमा लिईने ऋषिकेश मन्दिरमा कालीगण्डकी नदीमा स्नान गरी दर्शन गरेमा पून्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।  १६ औ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकी नदीमा स्नान गर्दा नदीमा भेटिएको नारायणको  मुर्तिलाई मन्दिरमा स्थापना गरेको इतिहास रहेको छ ।

पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगम स्थलमा रहेको यस रुरु क्षेत्रमा निकालिएको रथ यात्रामा सयौं भक्तजनहरुको सहभागिता रहेको थियो । रथयात्रामा भजन किर्तन , झाकी सहित शोभायात्रा गरिएको थियो । रथयात्रामा पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, अर्घाखाँची प्यूठान लगायतका जिल्ला बाट भक्तजनको सहभागिता रहेको थियो ।

यस दिन रथ यात्रामा सामेल हुने भक्तजनहरुको इन्द्रिय जन्य अंङ्गले गरेका पापको मोक्ष हुने जनविश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रशुराम भट्टराईले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.