कान नसुन्ने सत्यवती बजैको दर्शन (फोटो फिचर )
पाल्पा। पाल्पाको सत्यवतीमा लाग्ने चिच्याएर वर माग्ने धार्मिक मेलाको तेस्रो दिनसम्ममा करिब दुई लाख भक्तजनले सत्यवती बजैको दर्शन गरेका छन ।
यही कात्तिक ७ गतेबाट सुरु भएको मेला भोलसम्म लाग्ने सत्यवती मन्दिर व्यवस्थापन समितिले जनाएको छ । सत्यवती बजैले कानले नसुन्ने भएका कारण रातिको समयमा चिच्याएर वर माग्नु पर्ने सदियौं देखिको पुरनो परम्परा रहेको छ । आफ्नो मनोकांक्षा पुरा हुने जन विश्वासका कारण यहाँ वर्षेनी लाखौं भक्तजनहरु वर माग्न पुग्ने गर्दछन ।
पाल्पाको तिनाउ गाउँपालिका ४ सत्यवतीमा रहनुभएकी सत्यवती बजैसंग चिच्चाएर मागेको वरदान पुरा हुने भन्दै निकै टाढा टाढाबाट भक्तजनहरु मन्दिरमा आउने गरेका छन । मन्दिर नजिकै रहेको तालमा सत्यवती बजैलाई सम्झेर बाँसको निगालो गाडी चिच्याएर वरदान माग्ने र अर्को दिन गाडेको निगालो उठाएर घरमा ल्याउने प्रचलन रहर्दै आएको छ ।
विगतमा आफुले गरेको भाकल पूरा भएपछि सत्यवती बजैलाई बली चढाउनुका साथै मन्दिरको दर्शन गर्न भक्तजनहरु यहाँ पुग्ने गरेका छन । सत्यवती मन्दिरमा चिच्याएर वरदान माग्न पाल्पा, गुल्मी, स्याङ्गजा, कास्कीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट समेत भक्तजन पुग्ने गर्दछन ।
वर्षको एक पटक मात्र पुग्ने धार्मिक पर्यटकलाई बाह्रै महिना आर्कर्षीत गर्ने तयारीमा गाउँपालिका जुटेको तिनाउ गाउँपालिका प्रमुख प्रेम श्रेष्ठ बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्