एक लाख रुपैयाँ राशिको अन्तराष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकप सुरु

धनकुटा- धनकुटाको चौविसे गाउँपालिका-६ राजारानीमा प्रथम अन्तराष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । रारा भेट्रान फुटबल क्लबको आयोजनामा राजारानी खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा आयोजकसहित सुनसरी, मोरङ, झापासहित भारतको सिक्किमका गरि आठवटा भेट्रान क्लबको सहभागीता रहेको छ । प्रतियोगिताको उदघाटनको दिन सोमबार दूई खेल भएका छन् ।

पहिलो खेलमा दुधे भेट्रान झापाले हाम्रो धरान भेट्रानलाई पराजित गरेको छ । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । ट्राइबेकरमा दुधे भेट्रान झापाले हाम्रो धरान भेट्रानलाई ३ का विरुद्ध ४ गोलले पराजित गरको हो ।

यस्तै प्रतियोगिताको दोस्रो खेलमा आयोजक रारा भेट्रानलाई विराट मेघा भेट्रान विराटनगरले पराजित गरेको छ । निर्धारित समयमा एक एक गोलको बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । ट्राइबेकरमा विराट मेघा भेट्रान विराटनगरले आयोजक रारा भेट्रानलाई ४ का विरुद्ध ५ गोलले पराजित गरको हो ।

आगामी १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार नगद १ लाख रुपैयाँसहित ट्रफी मेडल प्रमाणपत्र र दोस्रो पुरस्कार नगद ५० हजार रुपैयाँसहित ट्रफी मेडल प्रमाणपत्र रहेको क्लबका बिजु राईले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तरगत आज पहिलो खेल हाम्रो इटहरी भेट्रान र लखनपुर भेट्रान दमकबीच हुनेछ भने दोस्रो खेल बेर्मियोक नाम्फिङ भेट्रान सिक्किम र एभरेष्ट भेट्रान मोरङकाबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.