रुपन्देहीमा विद्यालय बसको ठक्करबाट दुई जनाको मृत्यु
रुपन्देही- रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका महुवारीमा शनिबार बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
लुम्बिनीबाट कालीदहतर्फ जाँदै गएको लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई लु १ क १७७८ नम्बरको सिद्धार्थ बोर्डिङ स्कुल, सुर्यपुराको बसले पछाडिबाट ठक्कर दिँदा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर–४ का २१ वर्षिय महम्मद इसाद र १६ वर्षिय रूपसना खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमै सवार १२ वर्षकै अप्सना खातुन घाइते हुनुभएको छ । घाइते अप्सनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ । घाइते खातुनको अवस्था गम्भीर छ ।
दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । स्थानीयका अनुसार शनिबार स्कुल बस केही स्थानीयलाई लिएर तीर्थयात्रामा जाँदै थियो ।
प्रतिक्रिया राख्नुहोस्