उत्तरी गोरखामा पनि हिमपात

गोरखा- उत्तरी गोरखाका विकट बस्तीहरुमा हिमपातले गर्दा जनजीवन प्रभावित भएको छ ।
जनजीवन कष्टकर भएपनि समयमै हिउँ पर्दा कृषकहरु भने खुशी भएको छन ।
हिमपातसँगै भएको सामान्य बर्षाले असोज महिनामा लगाइएको गहुँ वाली सप्रने कृषकहरू बताउँछन ।
तर कतिपयलाई भने दाउरा  ,काठ ,वाली गोडमेल गर्न नपाउँदा दुःख भएको छ।
हिउँले बस्तुको लागि चरणमा घाँस पनि राम्रोसँग पलाउने किसानहरुको भनाइ छ ।
गत वर्ष समयमा हिउँ नपर्दा खडेरीले उत्पादन राम्रो हुन सकेको थिएन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.