कवाडी गोदाममा आगलागी हुँदा तीनजनाको मृत्यु

विराटनगर – विराटनगर महानगरपालिकाको वडा नं ७ सातघुम्ति स्थित कवाडी गोदाममा भएको आगलागीका घाइते सुनिता कामतको मृत्यु भएकाे छ । नेपाली सेनाको स्काई ट्रकबाट किर्तिपुर स्थित बर्न अस्पतालमा लगिएकी सुनिता कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रंजन दाहालले जानकारी दिनुभयो । यससंगै आगलागीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
आगलागीबाट कवाडी संचालक दीपक मण्डल र सुशिला पासमानकाे मृत्यु भएकाे थियाे ।  घाइते मध्ये रिता सरदारको स्थिति चिन्ताजनक रहेको र अन्य घाइतेहरु विराटनगर महानगरपालिका वडा नं ६ का किशोर पासमान र कटहरीकी पिंकी कामतको स्थिति सामान्य रहेको मोरङ प्रहरीले जनाएको छ ।
परफ्युमको बट्टा फुटाल्ने क्रममा कवाडीमा आगलागी भएको कवाडीमा काम गरिरहेका कामदार किशोर पासमानले बताउनु भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.