सिरहामा मिटरब्याज पीडितको आक्रोश: साहुले हडपेको खेतको धान काटेर भित्र्याए

सिरहा- सिरहाका मिटरब्याज पीडितहरूले साहुले हडपेको खेतको धान काटेर भित्र्याएका छन् ।
सिरहा नगरपालिका १९, सन्हैठामा बिहीबार मिटरब्याज पीडितले साहुद्वारा हडपेको जमिनको धान काटेर भित्र्याएका हुन् ।
स्थानीय रामशरण यादवले गाउँकै योगेन्द्र यादवसँग २०६१ पुस १ गते एक लाख रुपैयाँ लिएका थिए । त्यसबापत उनले चार लाखको कपाली, १० कठ्ठा ११ धुर र ३ कठ्ठा ९ धुरसहित जम्मा १४ कठ्ठा जमिन धितोबापत राजिनामा पास गरिदिएका थिए ।
उनले भने, ‘लिएको ऋणबापत ४ लाख तिरिसकें । तर, योगेन्द्रले जमिन फिर्ता गरेनन् । उनले थप दुई बिघा १० कठ्ठा ६ धुर जमिन कब्जा गरे ।’ त्यसपछि जग्गा फिर्ताका लागि पटकपटक छलफल र आग्रह गरे पनि योगेन्द्रले नमानेको रामशरण बताउँछन् ।
मिटरब्याजसम्बन्धि आयोग र कानुन बनेपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराए पनि झुलाउने काम मात्रै भएपछि बिहीबार खेतको धान काटेर भित्र्याएको रामशरण बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाले मिटरब्याज (अनुचित लेनदेन) का उजुरीहरुको समयमा समाधान दिन नसक्दा उजुरीकर्ताहरु आक्रोशित बन्न थालेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.