यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताकाे पहिलाे दिन नेपालले पाकिस्तानसंग खेल्दै

काठमाडाै- यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । यूएईमा हुने प्रतियोगिताको पहिलो दिन आज नेपालको यू-१९ टोलीले पाकिस्तानसंगै खेल्दै आफ्नो एसिया कप यात्रा शुरु गर्दैछ । भारत, अफगानिस्तान र पाकिस्तान रहेको बलियो समूह ए मा परेको नेपालले उद्घाटनको दिनमै पाकिस्तानसंग खेल्न लागेको हो ।

नेपालले दोस्रो खेलमा मंसिर २४ गते अफगानिस्तान र २६ गते भारतसंग खेल्नेछ । नेपालसहित ८ देशको सहभागीता रहेको प्रतियोगितामा समूह चरणका उत्कृष्ट दुई टोलीले समिफाइनल खेल्नेछन् । प्रतियोगिता खेल्नेहरुको अर्को समूह बी मा आयोजक युएई, जापान, श्रीलंका र बंगलादेश छन् । यु-१९ विश्वकपको तयारी पनि भन्ने गरिएको एशिया कपमा नेपालले इतिहास रच्ने अपेक्षा गरिएको छ ।

यहि प्रतियोगिताबाट युएइ र जापान बाहेकका टोलीहरु यु-१९ विश्वकप खेल्न जाने भएकोले एशिया कपलाई महत्वका साथ हेरिएको छ ।

पुष १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता खेल्न नेपाली टोली केहि दिन अघि युएइ गएको हो । यो प्रतियोगितामा देव खनालको कप्तानीमा रहेको टोलीले खेल्नेछ ।

हालसम्म एसिया कपमा फाइनलमा पुग्न नसकेको नेपालले यस पटक त्यो यात्रा तय गरेर इतिहास बनाउने अपेक्षा क्रिकेटप्रेमीहरुले गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.