सुपर लिगमा आज वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

काठमाडाै- नेपाल सुपर लिगमा आज वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल साँझ ५ बजदेखिे दशरथ रंगशालमा सुरु हुनेछ । यी दुई टोली एक आपसमा भिड्दा दुवैको एउटै लक्ष्य एनएसएलमा पहिलो जित निकाल्नु हुनेछ ।

अन्तिम दुई स्थानमा रहेका झापा र वीरगञ्ज दुवैको लागि यो चौथो खेल हो । तीन खेल खेलिसक्कदा दुवै टोली जितविहीन छन् । झापा २ अंकसहित आठौं र वीरगञ्ज १ अंकसहित नवौँ स्थानमा छन् ।

पहिलो खेलमा स्पोर्टिङ इलामसँग पराजित भएको झापाले त्यसपछि पोखरा थण्डर्स र काठमाडौं रेजर्ससँग बराबरी खेलेको थियो । वीरगञ्ज धनगढी एफसी र एफसी चितवनसँग पराजित भएको थियो ।

पछिल्लो खेलमा ललितपुर सिटी एफसँग बराबरी खेल्दै वीरगञ्जले पहिलो एक अंक जोडेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.