चार वर्षपछि चितवन हात्ती तथा पर्यटन महोत्सवकाे आयोजना

चितवन – विविध कारणले विगत ४ बर्षदेखि रोकिएको चितवन महोत्सव फेरि नयाँ ढंगले हुने भएको छ । पर्यटकीय नगरी चितवन सौराहाको व्राण्ड बनेको हात्ती महोत्सवलाई परिष्कृत गरि चितवन हात्ती तथा पर्यटन महोत्सवको रुपमा तयारी थालिएको क्षेत्रिय होटल संघ नेपाल सौराहाका अध्यक्ष गंगा गिरीले जानकारी दिनुभयो ।
‘जिर्ण सडक खण्ड र कोराना कहरका कारण हामीले महोत्सव गर्न सकेका थिएनौँ अध्यक्ष गिरीले भन्नुभयो, हामी नयाँ शैलीका साथ यहि पुस १० गतेदेखि १४ गतेसम्म महोत्सवको १७ औँ संस्करणमा नाम परिर्वतन गर्दै ‘चितवन हात्ती तथा पर्यटन महोत्सव २०८०’ गर्दैछौँ।’

महोत्सवमा सम्पन्न गर्न संघका उपाध्यक्ष एवंम् होटल ल्याण्डमार्क ग्रुपमा अध्यक्ष ओमप्रकाश पाण्डेको संयोजकत्वमा मुल समिति बनाईएको छ । सौराहामा अग्रेँजी नयाँ बर्षमा पर्यटकहरुलाई आर्कषित गर्न चितवन व्राण्डको रुपमा हात्ती महोत्सव गरिदै आएका थियो ।
पशु अधिकारकर्मीहरुले भने महोत्सवको नाममा जनावरलाई दुःख नदिन दिएको सुझवलाई मनन गर्दै विगतमा हुदै आएको छावाको फुटबल, पोलो, हात्ती दौड लाई महोत्सवबाट हटाईएको संघ महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो । यो पटक महोत्सवलाई हात्तीमैत्री सौराहा पर्यटन बनाउन हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता विशेष हुने उहाँको दावी छ ।
सौराहामा पर्यटकहरुलाई रमाउदै आएका हात्तीलाई एक दिन विदा दिदै हात्तीलाई मनपर्ने परिकारहरुसहित हुने हात्ती वनभोज विशेष हुने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताउनुभयो ।
वनभोजमा सरकारी र नीजि हात्तीलाई एकसाथ सहभागी गराईदैछ भने हात्ती सुनदरी प्रतियोगि समेत यउहाँ पर्यटकहरुलाई लागि विशेष हुनेछ । जहाँ वनभोजमा विगतमा बाघमारा मध्यवर्ती सामुदायिक वनको खाली चौरमा हुदै आएको महोत्सव सौराहा क्षेत्रमा पर्ने चित्रसारी पुल तल गरि गरिने तयारी भएको छ । यसेगरि महोतसवमा वेटर, रेस, डुंगा दौडसहित पर्यटनलक्षित गोष्ठी तथा सेमिनारसगौ स्थानिय परिकारहरुसहितका स्टलहरु समेत रहने क्षेत्रिय होटल संघ सौराहा कोषाध्यक्ष माधव दुवाडीले बताउनुभयो । उहाँले पर्यटक लक्ष्ति छुका विशेष प्याकेजहरु समेत स.घले महोतसवका अवसरमा घोषण गर्ने बताउनुभयो ।

बेहुलीझैं सिँगारिएका हात्तीको ‘क्याटवाक’ सहित निर्णायकहरूले हात्तीको नङ, सुँड, कान सफा, टाउकोमा कालो, आँखामा गाजल, नङमा पालिस लगायतका कुरालाई आधार बनाउदै हात्ती सिुन्दरीको उपाधी दिने गरेको संघका पूर्व अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । जुन दर्शक र पर्यटकहरुका लागि निकै आर्कषण मानिन्छ ।
प्रतियोगिताले वन्यजन्तुलाई सफा र सुन्दर राख्नपर्छ, माया गर्नुपर्छ र स्वस्थ राख्न प्रेरणा दिन्ने आयोजकको दावी छ । खासगरी विदेशी पर्यटकलाई लक्षित गरेर महोत्सव आयोजना गरिने भए पनि महोत्सव हेर्न स्थानीय बासिन्दा लगायत टाढाबाट आन्तरिक पर्यटकहरु पनि आउने गर्छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.