नेपाल दुई ठूला छिमेकी भारत र चीनको पक्की पुल बन्न चाहन्छौं : पर्यटनमन्त्री किराँती

रूपन्देही-  सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले नेपाल दुई ठूला छिमेकी भारत र चिनविचको पक्की पुल बन्न चाहेको बताउनु भएको छ ।
भारतीय दुतावास काठमाडौंले बुद्धजन्मस्थल लुम्बिनीमा आयोजना गरेको भारत नेपाल साँस्कृतिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले आर्थिक रुपमा सबल रहेका दुई छिमेकी देशसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेकाले आफुहरु पक्की पुल बन्न चाहेको बताउनु भएको हो ।
‘यो देश गौतबुद्ध र सगरमाथाको हो, यो देश सिताको पनि हो, भृकुटीको पनि हो । हाम्रो चेली भृकुटी चिनतर्फ गईन, सिता छिमेकी भारततर्फ गईन, त्यसैले हाम्रो सम्बन्ध आजको होईन, इतिहासदेखिको हो’ मन्त्री किराँतीले भन्नुभयो ।
नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवको उपस्थितीमा भएको कार्यक्रमा मन्त्री किराँतीले लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका बिषयमा भारत सकरात्मक नभएको तर्फ संकेत गर्दै हवाई रुटमा पुर्नविचार गर्न आग्रह गर्नुभयो ।
‘नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने हवाई रुटका सन्दर्भममा महामहिम मार्फत फेरी नेपाली जनताको तर्फबाट आग्रह गर्दछु, पुर्नविचार गरियोस्, सम्बन्धीत निकायमा पुगोस हाम्रो अपेक्षा छ’ उहाँले भन्नुभयो ।
उहाँले भारतीय दुतावासले लुम्बिनीमा गरेको साँस्कृतिक कार्यक्रमले नेपाल र भारतविचको इतिहासदेखिको सम्बन्ध थप प्रगाढ र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण बनेको बताउनु भयो ।
मन्त्री किराँतीले जलवायु परिवर्तन विश्वको साझा चुनौती बनेकाले हिमालय क्षेत्रमा देखा परेको पर्यावरणीय संकट जोगाउनतर्फ भारत सरकारले सहयोग गर्नुपर्ने खाँचो औल्याउनु भयो ।
साँस्कृतिक कार्यक्रमसँगै मायादेवी मन्दिर परिसरमा भारतमा रहेका बुद्धिष्ट स्थलहरुको फोटो र मण्डलाको प्रदर्शनी गरिएको थियो ।
कार्यक्रम लगत्तै विभिन्न जातीय परिकारहरु अतिथि र सहभागीहरुलाई चखाइएको थियो । कार्यक्रममा नेपाली शास्त्रीय संगित, थारु नृत्य र अन्य विभिन्न साँस्कृतीक प्रस्तुती राखिएको थियो ।
कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव, पूर्वमन्त्रीहरु हृदेश त्रिपाठी, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेय, स्वास्थ्यमन्त्री राजु खनाल, सामाजिक विकास मन्त्री सिके गुप्ता, लुम्बिनीका पूर्वमन्त्री कृष्णध्वज खडका, प्रदेशसभा सदस्य निमा गिरी, काँग्रस लुम्बिनीका सभापती अमरसिंह पुन, नीजि क्षेत्रका उद्योगी व्यवसायी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.