एमाले अध्यक्ष ओलीद्वारा निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको अवलोकन

सिन्धुली – नेकपा एमालेलेका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सन स्थित ड्याम छेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।
एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा रामेछाप हुँदै सिन्धुलिको खुर्कोटको बाटो आउनु भएका ओलिले रामेछाप र सिन्धुलिको सङम स्थल सुनकोसी नदिमा निर्माण हुँदै गरेको सुनकोसी मरिण ड्राइभर्सनको ड्याम साइडको मन्थली नगरपालिका–६ सेलघाट स्थित डाइभर्सनको आयोजना स्थलबाट अबलोकन गर्नुका साथै आयोजना प्रमुख मित्र बरालबाट आयोजनाको प्रगति सम्बन्धमा जानकारी लिनुभएको थियो ।
अध्यक्ष ओली प्रधानमन्त्री हुँदो सो आयोजनाको सुरुङ्ग निर्माणको सिल्यान्यास गर्नुभएको हो सुरु भएको हो ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ सङै ड्याम निर्माणको काम सुनकोशी नदी तर्फबाट धमाधम भइरहेको छ । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये ९ दशमलव ७ किलोमिटर सुरुङ निर्माण सम्पन्न भैसकेको छ ।
आयोजना अन्तर्गत सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ कम्पनीले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको छ भने बाँध निर्माणको कार्य पनि पटेल रमण जेभीले अघि बढाएको छ । आयोजनाको अबलोकन गरेसङ्गै अध्यक्ष ओलिले आयोजनाबाट प्रभाबित हुने सबैलाइ सम्बोधन गरेर समस्याको समाधान गर्दै निर्माणका काम गरिने बताउनु भयो । उहाले नेपालको बिकास एमालेबाट मात्रै सम्भब हुने बताउनु भयो । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले कुल रकम ४६ अरब रुपैयाँ विनियोजन गरेको मध्य चालु आर्थिक वर्षसम्म करिब ११ अरब खर्च भएको छ ।
सुरुङ निर्माण सँगसँगै आयोजनाको सुनकोशी नदीमा बाँध निर्माणको कार्य सुरु भएको हो । ३१ मेगावाट विद्युत् उत्पादनका निम्ति आवश्यक पूर्वाधार निर्माणका काम पनि सुरु भएका छन् ।
सुनकोशी नदीको पानी ६७ हजार लिटर प्रतिसेकेन्डका दरले मरिणमा झारिने छ । मरिण् खोलामा खसालिएको पानि वाग्मती नदी हुँदै वाग्मती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट लगिने छ ।
सुनकोशी मरिण डाइभर्सन आयोजना सुनकोशी नदीको पानी बाग्मती नदीको सहायक नदी मरिण खोलामा स्थानान्तरण गरी रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.