बडीकेदार गाउँपालिकालाई काठमाण्डौं महानगरले एम्बुलेन्स उपलब्ध गराउने

डोटी- डोटीको दक्षिण भेगमा रहेको बडीकेदार गाउँपालिकालाई काठमाण्डौं महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने भएको छ । काठमाण्डौं महानगरपालिकाले एक सूचना जारी गर्दै डोटीका नौ स्थानिय तह मध्ये बडीकेदार गाउँपालिकलाई छनौट गरेर एम्बुलेन्स उपलब्ध गराउने जनाएको हो ।
महानगरपालिकाले गत असोज ४ मा प्रकाशन गरेको सूचना अनुसार बडीकेदार गाउँपालिकाले एम्बुलेन्स माग गरेको र गाउँपालिका एम्बुलेन्सका लागि छनौट भएको महानगरपालिकाले जनाएको छ ।
बडीकेदार गाउँपालिकालाई ,ख ,वर्गको एम्बुलेन्स उपलब्ध गराइने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राजस्व छुट गराई आवश्यक प्रक्रियामा आउन गाउँपालिकालाई महानगरले आग्रह गरेको छ ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिमका सबै प्रक्रिया अपनाउन समेत महानगरको पत्रमा उल्लेख गरिएको छ ।
काठमाडौं महानगरले चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा देशका दुर्गम पालिकालाई एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरका थियो ।






प्रतिक्रिया राख्नुहोस्