संक्रमितलाई आयुर्वेदिक औषधि बाँड्दै सांसद श्रेष्ठ

काठमाडौं– सांसद जीवनराम श्रेष्ठले कोरोना भाइरस संक्रमितलाई आयुर्वेदिक औषधि वितरण गर्नुभएको छ ।

शिक्षा तथा स्वास्थ्य संसदीय समितिअन्तर्गत कोभिड–१९ प्रभावकारिता अध्ययन उपसमितिका संयोजकसमेत रहनुभएका श्रेष्ठले काठमाडौंको नागार्जुङ नगरपालिकाको बाफल क्षेत्रमा कोभिड– १९ संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि वितरण गर्नु भएको हो ।

उहाँले ललितपुर जिल्लामा उत्पादित प्राकृतिक औषधि गुडुची चूर्ण र त्रिकटु चूर्ण नामक आयुर्वेदिक औषधि होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई वितरण गर्नु भएको हो ।

उक्त औषधि सांसद श्रेष्ठकै पहलमा विरामीहरुलाई निःशुल्क उपलब्ध गराइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.