पर्यटनमार्फत चेपाङलाई आत्मनिर्भर बनाउँदै सपना भिलेज

चितवन- सपना भिलेज सोसियल इम्प्याक्टले पछाडि परेका सीमान्तकृत चेपाङ सुमदायको उत्थानका लागि निरन्तर काम गरिरहेको छ।
सपना भिलेजका कारण चितवनको चेपाङ समुदायको रहनसहन शिक्षा स्वास्थ्य सरसफाईमा परिवर्तन आएको पनि छ ।
पछिल्लो समय सपना भिलेजले चेपाङको आर्थिक उन्नतिका लागि पर्यटनसँग जोड्ने प्रयास गरिरहेको छ । चेपाङ गाउँमा विदेशी पर्यटक भित्र्याउन ट्रेकिङ्ग रुटमा चेपाङ घरबास सञ्चालनमा ल्याएको छ ।
सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दिखोला हुँदै चितवनको सौराहासम्मको ट्रेकिङ्ग रुटमा पर्ने दुई चेपाङ गाउँमा चितवनका स्थानीय चेपाङ समुदायले घरवास सञ्चालनमा ल्याइएको हो ।

इच्छाकामना-२ तोवाङ र वडा नम्बर- १ भाराङमा चेपाङ घरवास सञ्चालनमा ल्याएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो ।
उहाँले पृथ्वीराजमार्ग अन्तरगत धादिङको हुग्दिखोलाबाट चितवनको इच्छाकामना २ काउले तोवाङ,हात्तिवाङ, सिराइचुली, वडा नम्बर १ को भाराङ, चौकी डाडाँ कालिका नगरपालिकाको शक्तिखोर हुँदै सौराहासम्मको ट्रेकिङ्गमा आउने पर्यटकहरुलाई लक्षित गरी चेपाङ घरवास सञ्चालन गर्न स्थानीयलाई सहयोग गरिएको बताउनुभयो ।
चेपाङ समुदायको आयस्तर वृद्धिका लागि थप घरवास सञ्चालन गर्न सपनाल भिलेजले आर्थिक सहयोग र तालिम उपलब्ध गराउने उहाँको भनाइ थियो।
गिरीले भन्नुभयो, “ यहाँका चेपाङ समुदायको आयस्तर वृद्धिकाका लागि इच्छुकहरुलाई होमस्टे सञ्चालन गर्नका लागि हामी आर्थिक सहयोग र तालिमहरु प्रदान गर्नेछौँ । विशेषगरी, विदेशी पर्यटकहरुको रहनसहनबारे जानकारी गराउने, पर्यटकलाई गर्ने व्यवहार, सरसफाई लगायतका बारेमा तालिम प्रदान गर्ने योजना छ ।”
इच्छाकामना २ तोवाङका तिलु चेपाङको घरवास रिक्सजा ट्राभल एजेन्सी नेदरल्याण्ड्सका प्रमुख मारियस एप्पलम्यानले उद्घाटन गर्नुभयो ।
उहाँले चेपाङ सुमदायको संस्कार संस्कृति तथा जिवनयापन बारे जान्न पाउँदा निकै खुशी लागेको बताउनुभयो ।साथै उहाँले यो ट्रेकिङ्ग रुट नेपालकै उत्कृष्ट बन्न सक्ने सम्भावना भएको बताउनुभयो ।उहाँले भन्नुभयो, यो ट्रेकिङ्ग रुट नेपालकै उत्कृष्ट बन्ने सम्भावना छ,यहाँको चेपाङ सुमदायको रहनसहन संस्कार संस्कृति बारे जान्न र बुझ्न पनि पाइन्छ ।”
पर्यटकहरुको आवागमन बढेसगैँ यहाँका चेपाङ समुदायको आयस्तर बृद्धि हुने उहाँको भनाइ थियो । सपना भिलेजले चितवनको चेपाङ समुदायको उत्थानका लागि विभन्न कार्यक्रहरु सञ्चालन गरिरहेको छ ।।






प्रतिक्रिया राख्नुहोस्