युवा पलायन रोक्नु अहिलेको मुख्य चुनौती : ओली

काठमाडौँ- नेकपा एमाले अध्यक्ष एव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी क्षेत्रमा युवालाई पलायन हुनबाट रोक्नु अहिलेको मुख्य चुनौती रहेको बताउनु भएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले मध्यपहाडी क्षेत्रमा युवालाई पलायन हुनबाट रोक्ने मुख्य चुनौती रहेको आफूले पाएको बताउनुभयो ।

दलले गरेको सङ्कल्प यात्राले स्थानीय नागरिकमा विकासको आशा जगाएको उहाँले बताउनु भयो । , “जनतामा विकासको ठुलो आशा भरोसा छ, कृषिलाई आधुनिकीकरण गर्दै युवालाई स्वरोजगार बनाउने प्रयास हामी गर्नेछौँ ।” पहाडी क्षेत्रमा फलफूल, तरकारी, जडीबुटीको खेती तथा हाइड्रोपावरको विकास गरी युवालाई स्वरोजगार बनाउन सकिन्छ, उहाँले भन्नुभयो ।

यात्राको क्रममा नागरिकले दिएको सुझाव र राखेको मागलाई राजनीतिक दल, विषय विज्ञहरूसँग छलफल र परामर्श गरी समाधानको प्रयासमा गर्ने ओलीले बताउनु भयो ।

मुलुकलाई गरिब राख्ने छुट नरहेको बताउँदै अध्यक्ष ओलीले सहयोग गर्ने जुनसुकै मुलुकबाट सस्तो लोन लिएर देशको विकास गर्नमा ध्यान दिनुपर्ने जोड दिनुभयो  ।

”अमेरिका, भारत, चीन, जोसुकै मित्रराष्ट्र देश किन नहोस् नेपाललाई सस्तो लोनमा सहयोग गर्नुभयो भने लिनुपर्छ सबै देशसँग समान मित्रताको नीति अख्तियारी गरी नेपालको समृद्धि अभियानमा अरूलाई पनि जोड्न सक्नु पर्छ तब मात्र समृद्धिको चाहान पुरा हुन्छ,” ओलीले भन्नुभयो ।

नेता ओलीले वर्तमान ब्यवस्था नै उत्तम रहेको भन्दै मुलुकको लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र सङ्घीयताप्रति कसैलाई औला ठड्याउने छुट नरहेको बताउनुभयो ।

सङ्कल्प यात्राका क्रममा जनताको चाहना अहिलेको व्यवस्थालाई समृद्ध बनाउने रहेको भन्दै अध्यक्ष ओलीले राजनीतिक दलहरू इमान्दार प्रयास गरी यही व्यवस्थालाई बलियो बनाएर देशलाई समृद्ध बनाउन बनाउनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.