निजामती ऐन फरक आए सिंहदरबारको गेटमा तालाबन्दी गर्छौंः अध्यक्ष कोइराला

गुल्मी- नेपाल निजामती कर्मचारी संगठनका केन्दिय अध्यक्ष लेखनाथ कोइरालाले सुझावभन्दा फरक निजामती ऐन आए ऐन च्यातेर सिंहदरबारको गेटमा तालाबन्दी गर्ने चेतावनी दिनुभएको छ ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था गुल्मीको १५औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले हरेक सरकार र नेताको ढोका धाउँदाधाउँदा संगठन र ट्रेड युनियन नेतृत्व थाकेको बताउनुभयो ।

संघीय निजामती ऐन सात वर्षदेखि जारी नहुनुमा नेता र सरकारकै दोष भएको टिप्पणी गर्नुभयो । उहाँले कर्मचारीलाई राजनीतिक भर्‍याङ मात्र बनाउन खोजिएको बताउनुभयो ।

कर्मचारीमैत्री निजामती ऐन ल्याउन आफूहरूले कुनै कसर बाँकी नराख्ने कोइरालाले बताउनुभयो । निजामती ऐनमा बहालवाला मात्र नभएर अवकाश प्राप्त कर्मचारीलाई समेत निःशुल्क स्वास्थ्य उपचार र हेल्थ क्लबको व्यवस्था गर्न आफूहरूले सुझाव दिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रिय सचिव सूर्य कुँवर, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, कर्मचारी संगठन गुल्मीका अध्यक्ष भिम खनाल, प्रहरी उपरीक्षक नवीन किशोर प्रधान, पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायतले निजामती कर्मचारी र सहकारीको बारेमा धारणा राख्नु भएको थियो । साधारणसभाको अवसरमा उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणीहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.