दार्चुलामा बस दुर्घटना, १५ जना घाइते

दार्चुला- दार्चुलामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सदरमुकाम खलंगाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका-५ स्थित डम्पिङ साइट नजिकै आज बिहान ६ बजेतिर दुर्घटना भएको हो ।

घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । बस सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.