संखुवासभामा १९ करोड रुपैयाँ बढीको सुन्तला कारोवार

संखुवासभा- संखुवासभा जिल्लामा १९ करोड रुपैयाँ बढी सुन्तला कारोवार भएको छ । जिल्लामा यो बर्ष सुन्तला उत्पादन बढेसँगै कारोवार समेत बढेको छ । संखुवासभा जिल्लामा यो बर्ष १९ करोड ९३ लाख ९१ हजार रुपैयाँको सुन्तला विक्री भएको कृषि ज्ञान केन्द्र संखुवासभाका प्रमुख योगेन्द्र प्रसाद यावदले जानकारी दिनुभयो ।

गत बर्ष १८ करोड ८० लाख ३४ हजार रुपैयाँको सुन्तला विक्री गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख यावदले जानकारी दिनुभयो पछिल्लो समय सुन्तला उत्पादन निरन्तर ओरालो लागेको सुन्तला यस वर्ष भने उत्पादन बढेको छ ।

संखुवासभामा स्थानीय जातको सुन्तला उत्पादन हुने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोन लागू भएपछि उत्पादन बढ्दै जान थालेको हो । जोनले सुन्तला कृषकलाई गरेको प्रोत्साहनका कार्यक्रमले गर्दा उत्पादन बढ्दै जान थालेको हो ।

संखुवासभामा यो बर्ष दुई हजार ७ सय ९१ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र संखुवासभाले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत बर्ष भन्दा यो बर्ष सुन्तला उत्पादन बढेको हो । गत वर्ष दुई हजार ५ सय ७ मेट्रिक टन मात्र उत्पादन भएको थियो ।

यो वर्ष सुन्तलाको लागि उपयुक्त मौसम भएकाले यसको उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख यावदले बताउनुभयो । केही बर्ष यता निरन्तर ओरालो लागेको सुन्तलाको उत्पादन यो वर्ष भने बढेको प्रमुख यादवको भनाइ छ ।

जिल्लाभरी ५ सय ८७ हेक्टरमा सुन्तला खेती हुने गरेको भए पनि तीन सय १५ हेक्टर क्षेत्रमा मात्रै उत्पादन हुने गरेको छ । उत्पादन भएको सुन्तला बगानबाटै प्रतिकेजी एक सय रुपियाँमा बिक्री भइरहेको छ । संखुवासभाको मादी,खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक खेती हुने गरेको छ । यहाँ उत्पादित सुन्तला पूर्वी तराईका जिल्ला हुँदै काठमाडौंसम्म पुग्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.