नेपाल टेलिकमका सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका विकल पौडेल पक्राउ 

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका निलम्वित कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको  छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका आधारमा अनुसन्धानक्रममा निलम्वित निर्देशक पौडेलद्वयलाई पक्राउ गरि हिरासतमा लिएको अख्तियारले जनाएको छ ।

अख्तियारबाट अनुसन्धान हुँदा पौडेलद्वयले नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको देखिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ  ।

यसैगरी नेपालको सरकारी सेवामा कार्यरत रहँदा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रुपमा नियुक्ति लिएको तथा विकल पौडेलले ले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएकाले उनीहरुले कसुरसम्बन्धी प्रमाण नष्ट गर्न सक्ने देखिएको साथै फरार हुने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकाले नियन्त्रणमा लिएको आयोगले जनाएले  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.