दिल्लीस्थित एक प्रहरी चौकीमा राखिएका चार सयभन्दा बढी निजी गाडी जलेर नष्ट

भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा चार सय भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ ।

उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा आगलागी भएको हो । आगोलागी हुँदा गाडीहरू गोदाममा राखिएको थियो । आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो ।

आगलागीमा परी नष्ट भएका सवारी साधनलाई स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र सडक दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको बुझिएको छ । आगलागीको कारण भने खुलेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.