लुम्बिनी प्रदेशले मनायो प्रदेशको सातौं स्थापना दिवस

दाङ–लुम्बिनी प्रदेश स्थापना दिवस भब्य कार्यक्रमको आयोजना गरी मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभा स्थापनालाई एकै दिन मनाउनेगरी भब्य कार्यक्रम गरिएको हो । संघियता कार्यान्वयन गर्दै जनताको घरदैलोमा सरकार पुगेको अनुभुती गराउनेगरी काम गर्न प्रदेश सरकारले दृढता व्यक्त गरेको छ ।

प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई लुम्बिनी प्रदेश स्थापनाको मान्यता दिदै सातौं स्थापना दिवस मनाइएको छ ।  प्रदेश सरकार र प्रदेश सभाले एकैदिन भब्य रुपमा स्थापना दिवस मनाएका हुन । राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा औपचारीक समारोह आयोजना गरेर दिवसलाई भब्य रुपमा मनाईएको छ । संघियता कार्यान्वयन गर्न लुम्बिनी प्रदेशबाट धेरै कुराहरु सिक्न सक्ने अवस्थामा पुगेको, अझैं पनि संविधानमा लेखिएका अधिकारहरु प्रदेश तहमा आईनपुगेकाले प्रदेशलाई अधिकार सम्पन्न बनाउनेगरी भूमिका खेल्न आवश्यक रहेको प्रदेश प्रमुख अमिक शेरचनले बताउनु भयो ।

लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेश सभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । यस बर्ष दुई वटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय सरकारले गरेको थियो । जस अनुसार आइतबार लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा भब्य समारोहको आयोजना गरिएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले भने फागुन ३ सरकार गठन भएको दिनको ईतिहाँस मेटाउनेगरी एकैदिन दिवस गाभिएको प्रति असन्तुष्टी जनाएको थियो । संघियताले सबै जातजाती, धर्मसंस्कृतीलाई जोड्न सफल भएको बताउदै अव संघियताबाटै मुलुकको विकास सम्भव रहेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनु भयो ।

संघियतालाई बलियो बनाउनेगरी प्रदेश सभा र सरकारबाट बनेका ऐन, कानुनहरु भने पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन् । त्यसका लागी प्रदेश सभाले स्थानीय तह संग प्रदेश सभा कार्यक्रमनै सञ्चालन गरेर संघियतालाई बलियो बनाउनेगरी भूमिका खेलेको सभामुख तुलाराम घर्ती मगरले बताउनु भयो ।

लामो संघर्ष र बलिदानीबाट प्राप्त भएको उपलब्धी संघियता भएकाले यसको कार्यान्वयनको लागी सबै तह र क्षेत्रबाट प्रभावकारी भूमिका आवश्यक रहेको गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताउनु भयो । थारु, मगर, नेवार लगागत समुदाय बिशेषको झाँकीहरु प्रदर्शन गरिएको थियो ।

हिउँदे झरीको प्रवाह नगरी अघि बढेको दिवस मुल समारोहमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् सहित दश वटा मन्त्रायलय तथा प्रदेश सभाले स्टल राखेर भए गरेका प्रगती र उपलब्धीहरु पनि सार्वजनिक गरेका थिए ।

यसै बीच प्रदेश दिवसको अवसर पारेर लुम्बिनी प्रदेश भित्र कार्यरन १२ जनालाई सृजनशिल पत्रकारीता पुरस्कारबाट पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा नेपाल टेलिभिजनका दाङ जिल्ला संवादाता दशरथ घिमिरे, कान्तिपुर दैनिकका पत्रकार विरेन्द्र केसी लगायतका पत्रकारहरु रहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.