नेपाली क्रिकेट टोली आज स्वदेश फिर्ता

काठमाडौँ- आईसीसी यू-१९ विश्वकप खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।
साउथ अफ्रिकामा भएको उमेर समूहको विश्वकप क्रिकेटमा सहभागीता जनाएर नेपाली टोलि आज स्वदेश फर्किएको हो ।
खेलाडीहरुलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।
नेपाली टोलीले यू-१९ विश्वकपमा समूह चरण पार गरेर सुपर सिक्स खेलेको थियो ।
नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्स यात्रा तय गरेको थियो । सुपर सिक्समा नेपालले भारत र बंगलादेशसँग हार बेहोरेको थियो ।
विश्वकपमा नेपाल सम्मिलित सुपर सिक्सको समूह १ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।
यस्तै अर्को समूहबाट अष्ट्रेलिया र दक्षिण अफ्रिका पुगेका छन् ।
सेमिफाइनलमा भारत र दक्षिण अफ्रीका तथा पाकिस्तान र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुनेछ ।
फाइनल प्रतिस्पर्धा आइतबार हुने तालिका छ ।।






प्रतिक्रिया राख्नुहोस्