गठबन्धनका कारण कांग्रेसको भोट घट्दै गयो : शेखर
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा महासमिति बैठकमा सहभागी हुन आएका सदस्यका निम्ति आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अहिले सरकारमा सहभागी हुँदा रमाइरहेपनि यसका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएकोप्रति गम्भीर हुन नसकेको बताउनुभएको हो ।
देशैभर कांग्रेस कार्यकर्तामा गठबन्धनप्रति निराशा छाएको भन्दै महासमिति बैठकमा खुलेर यसबारे बहस गर्नुपर्ने उहाले बताउनुभयो । कोइरालाले अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दललाई बहुमत दिन नसक्ने भएकाले निर्वाचन प्रणालीमा देखिएको समस्या समाधान गर्न कांग्रेसले पहल लिनुपर्ने धारणा राख्नुभयो । निर्वाचन प्रणाली बदल्नका लागि अन्य दलहरुसंग छलफल गर्नुपर्ने उहाको भनाइ छ ।
उहाले महासमितिको बैठकले १५ महाधिवेशनको सुनिश्चितता गर्नका लागि गम्भीर हुनुपर्ने बताउनुभयो । महासमितिलगतै महाधिवेशनको तयारी गर्नुपर्ने उहाको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्