कांग्रेस महासमिति बैठकमा आजदेखि विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल गरिंदै

काठमाडौं- नेपाली कांग्रेस महासमिति बैठकमा बन्द सत्रमा पेश भएका पाँच प्रतिवेदमा आजदेखि छलफल हुँदैछ । ललितपुरको गोदाबारीमा सोमबार सुरु भएको महासमिति बैठकमा हिजो पाँच वटा प्रतिवेदन पेश भएका थिए । तिनै प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल गर्न लागिएको हो ।

आज बिहान ८ बजे बस्ने बैठकमा उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ ।

बैठकमा उपसभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मा तथा प्रवक्ता महत र लेखा समितिका संयोजक घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा चार समूह बनाएर छलफल गरिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

बन्दसत्र विहान ८ बजे सुरु हुनेछ । कांग्रेस महासमिति बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.