कराँचीस्थित गार्मेन्ट कारखानामा आगो लगाउने २ जनालाई फाँसीको फैसला
काठमाडौं- पाकिस्तानको कराँचीस्थित एक अदालतले गार्मेन्ट कारखानामा आगो लगाउने २ जनालाई फाँसी दिने फैसला सुनाएको छ ।
८ वर्षअघिको घटनामा २ सय ६० जनाको मृत्यु भएको थियो । गार्मेन्टको साहूले चन्दा नदिएको रिसमा ती २ जनाले कारखानामा आगो सल्काएको अदालतले पुष्टि गरेको छ । ती २ जना कराँचीको एम क्यू एम पार्टीका कार्यकर्ता रहेको पनि खुलेको छ ।-
प्रतिक्रिया राख्नुहोस्