काठमाडौं आउँदै गरेको बस दुर्घटनाः ६ जनाको मृत्यु, ३५ जनाको उद्धार

धादिङ- कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको बस पृथ्वी राजमार्गको घाटबेसीमा दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना पुरुष र १ जना महिला रहेका छन् ।

लु २ ख २१२१ नम्बरको बस आज विहान करीब ५ बजे त्रिशुली नदीमा खसेको हो । बसमा सवार मध्ये ३५ जनाको जीवितै उद्दार गरिएको हाम्रा धादिङ संवाददाता शिव शिलवालले जनाएका छन् ।

बसमा ४१ जना रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बस चालक लुम्बिनी संस्कृति नगरपालिका-९ का हरि राम रहेको र उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.