प्युठानमा ट्र्याक्टर दुर्घटना, सात जनाको मुत्यु

प्युठान– प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा शनिबार राति लु २ च ४२३४ नंको ट्र्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । स्वर्गद्वारीको धरमपानीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

ट्र्याक्टरमा सवार आठ जनामध्ये एक जना बाँचेको पौडेलले जानकारी दिनुभयो । ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.