स्वास्थ्यका लागि उपयोगी गुर्जो महासंघलाई हस्तान्तरण

काठमाडौं: समाजसेवी कमलबहादुर राजलवटले सुस्वास्थ्यका लागि बहुउपयोगी गुर्जो जातको ३ क्रेट बेर्ना आज नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई हस्तान्तरण गर्नुभयो ।

आन्तरिक राजस्व कार्यालय लाहानमा कार्यरत राजलवटले गुर्जो हस्तान्तरण गर्दै यो बहुउपयोगी औषधी शुरुमा एकलाख बेर्ना वितरण गर्ने लक्ष्य भएतापनि अब आवश्यकता पर्नेहरुलाई नि:शुल्क वितरण गरिने बताउनुभयो । रुघा खोकी, सबै प्रकारका ज्वरो लगायका लागि उपयोगी रहेको भन्दै गुर्जो रोप्न मेहनत धेरै लागत कम रहेको बताउनुभयो । करेसाबारी, कौसी तथा घाम लाग्ने जुनसुकै स्थानमा रोप्न सकिने बताउनुभयो ।

स्वास्थ्यका लागि बहु उपयोगी गुर्जोका विरुवा निशुल्क वितरण गर्ने अभियानमा लाग्नुभएका राजलवटलाई महासंघका अध्यक्ष आचार्यले धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.