गत आर्थिक बर्षमा २ सय ७७ उद्योग दर्ता

काठमाडौं,श्रावण ०६:गत आर्थक बर्षमा उद्योग विभागमा २७७ स्वदेशी उद्योग दर्ता भएका छन् । विभागको तथ्याङ्कअनुसार ती उद्योगहरुमा  एक खर्ब ५२ अर्ब ६२ करोड ५२ लाख रुपयाँ कूल पूँजी रहने गरी  दर्ता भएका छन् ।स्वदेशी उद्योगमा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका चार उद्योगमा रु एक खर्ब लगानी भएको खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ऊर्जामा लगानी धेरै रहेता पनि पर्यटन उद्योगको सङ्ख्या धेरै रहेको छ  । पर्यटन उद्योगमा ९१ उद्योगका लागि रु २० अर्ब ५२ करोड, उत्पादनमूलक क्षेत्रका ६९ उद्योगमा रु १९ अर्ब ४६ करोड लगानी आएको छ । विभागमा विदेशी लगानीमा रहका उद्योगले ११ हजार २११ जनालाई र स्वदेशी उद्योगले १७ हजार ३८८ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.