प्युठानको जस्पुरमा करदाता सेवा कार्यालय स्थापना

प्युठान- रोल्पा र प्यूठानका करदाताहरुलाई लक्षित गर्दै आन्तरिक राजश्व कार्यालय तुलसीपुरले प्यूठानको जस्पुरमा करदाता सेवा कार्यालय स्थापना गरेको छ ।

रोल्पा र प्यूठानका करदातालाई तुलसीपुर जान टाढा पर्ने भएकाले दुई जिल्लाका करदातालाई मध्यनजर गर्दै प्यूठानको माण्डवी गाउँपालिका–३ जस्पुरमा कार्यालय स्थापना गरिएको करदाता सेवा कार्यालय प्यूठानका प्रमुख कर अधिकृत रामहरी मरासिनीले बताउनुभयो ।

यसअघि दुईदिन लगाएर रोल्पा र प्यूठानका सेवाग्राहीले तुलसीपुरबाट लिदै आएको प्यानदर्ता, नविकरण, खारेजी, आय–व्ययविवरण, कर दाखिला लगायतका सेवाहरू अब प्यूठानबाटै हुने भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.