फुटबल लिगहरूको आगामी सिजनको तालिका सार्वजनिक

काठमाडौं- इङ्ग्लिश प्रिमियर लिग ईपीएल र अन्य इङ्ग्लिश फुटबल लिगहरूको नयाँ सिजनको तालिका सार्वजनिक गरिएको छ ।

सन् २०२०-२१ को नयाँ सिजन आगामी सेप्टेम्बर १२ बाट सुरू हुँदैछ । २० वटा क्लब सहभागी हुने ईपीएल सन् २०२१ को मे २३ मा अन्त्य हुनेछ भने इङ्लिश फुटबल च्याम्पियनशीप, लिग वान र लिग टु का सिजनहरू मे ९ मा सम्पन्न हुनेछ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस महामारीका कारण तीन महिनासम्म स्थगित गरिएको जारी ईपीएल सिजनको अन्तिम खेल आइतबार हुँदैछ । ३७ मध्ध्ये ३१ खेल जित्दै लिभरपुल यस पटकको ईपीएल विजेता बनिसकेको छ । नयाँ सिजनका खेल्नका लागि क्लबहरुसँग सात हप्ताको समय बाँकी छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.