त्रिशुली नदी माथिका सबै तुइन विस्थापित
धादिङ- त्रिशुली नदी वारपारका लागि तुइन भएको धादिङका सबै स्थानहरुमा झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको छ । अब त्रिशुली नदी वारपार गर्न जोखिम मोलेर तुइनको प्रयोग गर्नु पर्ने बाध्यता धादिङ र गोरखााका स्थानीयहरुलाई हटेको छ ।
धेरै जसो स्थानहरुमा पृथ्वी राजमार्गको धादिङ क्षेत्रलाई झोलुङ्गे पुलले गोर्खा जिल्लासँग सिधै सम्पर्क स्थापित गरेको छ । सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुरुप यस क्षेत्रका सबै तुइनहरु हटाई पुल निर्माण गरिएको छ ।
सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुरुप यस क्षेत्रका सबै तुइनहरु हटाई पुल निर्माण गरिएको छ ।
त्रिशुली नदी माथि झोलुङ्गे पुल निर्माण भएपछि आवत जावतमा निकै सहज भएको धादिङ र गोरखाका स्थानीयहरुको भनाइ छ । विशेष गरी गोरखा र धादिङको दक्षिणी सिमानामा पर्ने सबै जसो क्षेत्रहरुमा त्रिशुली नदीले छुट्याएको कारण एक जिल्लाबाट अर्को जिल्लामा आउन जान समेत तुइनका कारण निकै असहज भएको बेला झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयहरुले राहत महसुस गरेका छन् ।
बालबालिकाहरुलाई विद्यालय आवतजावतमा होस् या उत्पादित् कृषि उपज ओसार पसारमा होस् तुइन भन्दा पुल नै सजिलो भएको भानाइ उपभोक्ताहरुको छ । धादिङ जिल्लामा पर्ने त्रिशुली नदीको एक दर्जन स्थानहरुमा रहेको तुइन हटाई अहिले पुल निर्माणको काम सम्पन्न भएको हो ।






प्रतिक्रिया राख्नुहोस्