बागलुङमा पहिरो जाँदा ३ बालबालिकासहित ४ जनाको मृत्यु

बागलुङ- अबिरल वर्षा संगै गएको पहिरोमा पुरिएर बागलुङमा ४ जनाको मृत्यु भएको छ । बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर २ को खौलेसुमाङमा पहिरोले घर पुरिंदा ३ जना वालवालिका र १ जना महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय पानबहादुर बिकका १३ बर्षिय छोरा र ११ बर्षिय छोरी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । यसैगरी निसिखोला गाउपालिका वडा नम्बर १ मा घर पुरिदा स्थानीय कमल परियारका ३ बर्षिय छोराको मृत्यु भएको छ ।

निसिखोला गाउपालिकाकै वडा नम्वर ६ को खोला किनारमा ५२ बर्षिय महिला मृत अबस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.