तुम्लिङटार बजार डुबानमा

भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध

संखुवासभा – लगातारको वर्षासँगैको पहिरोका कारण सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । उत्तरदक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध  भएको  हो ।

उत्तरदक्षिण सडकखण्डको मकालु–३ को सम्माटार र उवाँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले बताउनुभयो । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकाको अन्य स्थानसंग सडक सम्पर्क टुटेको छ । लगातार वर्षा भइरहेकाले अवरुद्ध सडक खुल्ने समय समेत यकिन हुन नसकेको इन्जिनीयर श्रेष्ठले बताउनुभयो ।

यसैगरी अविरल वर्षाले तुम्लिङटार बजारसमेत डुबानमा परेको छ । तुम्लिङटार बजार क्षेत्रका घरमा माटो र ढुङ्गाले बनेका तीन कच्ची घर भत्किएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.