विकास, निर्माणका काममा समन्वय बढाउन उपप्रधानमन्त्रीको निर्देशन

काठमाडौं- उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवका आयोजना र सरकारका कार्यक्रमको कार्यान्वयनका लागि अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाउन मन्त्रालय र मातहतका अङ्गलाई निर्देशन दिनुभएको छ ।

रक्षा मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०७६-७७ को तेस्रो चौमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकमा आज उपप्रधानमन्त्री पोखरेलले कुनै कार्यक्रमलाई एउटा मात्रै मन्त्रालयको काम ठानेर अर्का मन्त्रालय र निकायले बुझ्न नहुने बताउनुभयो ।

उहाँले मन्त्रालय र विभिन्न निकायका प्रतिनिधिलाई जिम्मेवारी वोधका साथ नतिजामूखि कामका लागि एकीकृत समन्वय गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय योजना आयागका उपाध्यक्ष डा पुष्पराज कँडेलले दुई मन्त्रालयको समन्वयमा समाधान गर्न सकिने विषय आफैँ समाधान गर्न आग्रह गर्नुभयो ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुनःनिर्माणको कार्य सम्पन्न नहुँदा सेनाको आधुनिकीकरणमा चुनौती देखापरेको उल्लेख गर्नुभयो ।

सोही कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पोखरेल र रक्षा सचिव पाण्डेबीच आर्थिक बर्ष २०७७।०७८ मा रक्षा मन्त्रालयबाट कार्यान्वयन गरिने मुख्य कार्यक्रमहरु सम्बन्धी कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

यसैगरी प्रधान सेनापति थापा र रक्षा सचिव पाण्डे बीच चालु आर्थिक बर्षका मुख्य कार्यक्रमहरु सम्बन्धी कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको थियो  ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.