आज राति ठूलो वर्षाको सम्भावना

काठमाडौं– देशका केही स्थानहरुमा आज राति खण्डित रुपमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण ती स्थानका नदीमा पानीको जलस्तर बढ्ने,पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जानसक्ने र डुबान हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ ।

नेपालको मध्यपूर्वी भूभागको नजिकै न्यून चापीय रेखा रहेकाले अझै दुई तीन दिन खण्डित रुपमा भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विशेषगरी प्रदेश १, प्रदेश २ ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जनक सक्ने र तराईका केही स्थानमा डुबान समेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह गरेको छ ।

यस्तै महाशाखाले आइतबार सोमबार पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएको । ती दुइ दिन विशेष गरी बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। हाल देशका केही स्थानमा घाम लाग्ने र मौसममा हल्का सुधार आएको देखिएपनि लगातारको झरी नभइ खण्डित रुपमा भारी बर्षाको संभावना अझै एक महिनाभार रहने महाशाखाले बताएको छ । गत बर्षको मनसुन सुरु भएयता देशका विभिन्न ठाउमा गएको बाढि पहिरोमा परी हाल सम्म १६० जनाको मृत्यु ५८ वेपत्तार ९० जना घाइते भएको राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.