सुन मूल्यः प्रति तोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाउने क्रम रोकिएको छैन । कोरोना सङ्क्रमणका कारण लगातार उकालो लागेको सुन साताको पहिलो दिन आज तोलामा ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रति तोलामा ९९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । साताको अन्तिम दिन शुक्रबार प्रतितोला सुन ९९ हजार ३ सयमा कारोबार भएको थियो ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने सभ्भावना बलियो बन्दै गएको छ । यस्तै चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.