पर्सामा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै

सेना, संचारकर्मी र कैदी समेत गरी थप ३४ जनामा कोरोना संक्रमण पुष्टी

पर्सा- पर्सा जिल्लामा ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर टेस्टको गएराती आएको रिर्पोटमा ६ जना महिला सहित २८ जना पूरुष संक्रमित थपिएका हुन् ।

साउन १६ गते देखि १८ गतेसम्म संकलन गरिएको स्वाबको नमूना परिक्षण गर्दा १४ वर्ष देखि ५६ वर्ष उम्मेर समुहका ३४ जना संक्रमित पुष्टी भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो । उहाँले संक्रमित हुनेमा नेपाली सेना,थुनुवा र संचारकर्मी समेत रहेको बताउनुभयो ।

गएराती आएको रिर्पोटमा बाराका एक जना, र सर्लाहीका एक जना पूरुष संक्रमति फेला परेको अस्पतालले जनाएको छ । वीरगन्ज महानगरपालिकाले गरी रहेको मास टेस्टिङ र व्यक्ति आफैंले अस्तालमा सशुल्क गराइएको पिसिआरको परिक्षणबाट संक्रमित भेटिएको चिकित्सकहरुले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.